१८ फाल्गुन २०७७, मंगलवार   550 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । पहिलो चरणको स्थानीयका लागि आह्वान गरेको साधारण शेयर बाँडफाँड गरेको सिंगटीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्न लागेको हो । यस हाईड्रो कम्पनीको लागि नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको साधारण शेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।

कुल ४३ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता वितरण गरेकाले अब बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी छ । साधारण शेयर निष्कासनको छिट्टै मिति तय हुने बताइएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड गरिएको हो।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।ईक्रा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको आईपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।





सम्बन्धित समाचार