१८ फाल्गुन २०७७, मंगलवार   217 पटक हेरिएको


image

साना किसान बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड(SKBBL)ले फागुन २८ गते देखि सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । यस कम्पनीको शेयर बिक्रीको लागि कम्पनीको १९ औ बार्षिक साधारण सभाबाट पारित भएको छ । यस लघु बित्त संस्थाले निष्कासन तथा बिक्री खुला गरेको हकप्रद  सेयरमा आवेदन नपरेको तथा संस्थापक समूहको ३ हजार ३ सय ६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । यस कम्पनीको शेयरमा लगानी गर्ने  लगानीकर्तालेयही २०७७  फागुन २८ गते देखि  चैत्र १३ गतेसम्म शिलबन्दी बोलपत्रबाट आबेदन  पेश गर्नुपर्नेछ ।

उक्त  सेयरको न्यूनतम मूल्य प्रतिशेयर रु.१०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौँ, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार