१७ फाल्गुन २०७७, सोमबार   4664 पटक हेरिएको


image

साधारण शेयरमा लगानी गर्ने ईच्छुक लगानीकर्ताहरुको लागि ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले यस इन्सुरेन्स कम्पनीलाई ६६ करोड रुपैयाँको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो। नियामक निकाय धितोपत्र बोर्डले साधारण शेयर निष्काशनका लागि अनुमति दिए सँगै शेयर बिक्री गर्न लागेको हो।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये ५% अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ। सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। यस कम्पनीको साधारण शेयरको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।यस  साधारण शेयरमा लगानिकर्ताले १० कित्ता सम्मको लागि आबेदन दिंदा उपयुक्त हुनेछ किनकी यही २०७७ फाल्गुन १५ गते सम्मको DEMAT खाता खुलाउनेको संख्या २९ लाख ४० हजार नाघेको जनाएको छ। सोही हिसाबले पनि धेरै कित्ताको लागि पैसा होल्ड नगर्दा नै बेस हुनेछ।





सम्बन्धित समाचार