१७ फाल्गुन २०७७, सोमबार   460 पटक हेरिएको


image

नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई ६६ करोड रुपैयाँको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो। साधारण शेयरमा लगानी गर्ने ईच्छुक लगानीकर्ताहरुको लागि फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको हो। नियामक निकाय धितोपत्र बोर्डले साधारण शेयर निष्काशनका लागि अनुमति दिएसँगै शेयर बिक्री गर्न लागेको हो।

हाल कम्पनीको संस्थापक शेयर पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ। सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार