१६ फाल्गुन २०७७, आईतवार   467 पटक हेरिएको


image

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको संचालक समितिको २०७७.०९.२० मा बसेको २३८ औ बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट कुल ३८ प्रतिशत प्रस्तावित लाभांशमा ३६.१ (बोनस शेयर)% ले हुन आउने ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँबराबरको बोनस सेयर र १.९ (नगद लाभांश कर प्रयोजन सहित) ले हुन आउने २ करोड ८८ हजार ९०१ रुपैयाँबराबरको नगद लाभांश लाइ अनुमोदन गर्नको कम्पनीले चैत ९ गते १५ र १६ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय पुँजीको थप ३० प्रतिशत हकप्रद समते निष्काशन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ। वार्षिक साधारणसभाका लागि निर्धारण हुने बुक क्लोजको मितिसम्म कायम हुने सेयरपुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९% ले हुने बोनस सेयर र १.४६२ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल २९.२३१ % हुने पनि कम्पनीले स्पष्ट पारेको छ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी लगानीकर्तालाई बितरण गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको आगामी चैत ९ गते हुने वार्षिक साधारण सभामा यहि पुँजीको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गर्ने छ। हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साधारसभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। साधारणसभा प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज हुने भएको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने कम्पनि ले जनाएको छ।





सम्बन्धित समाचार