१५ फाल्गुन २०७७, शनिबार   653 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि हुने कारोबारमा निफ्रा(NIFRA) अब भिन्दै परिसूचकमा गणना गर्ने भएको छ । नेप्सेले एक बिज्ञप्ति जारी गर्दै  यही फागुन ७ गते नेपाल स्टक एक्सचेञ्ज व्यवस्थापनको बसेको बैठकको निर्णय अनुसार आईतबारको अर्थात  फागुन १६ गतेदेखि लागू हुने गरि केही सूचिकृत कम्पनीहरुको  समूह विभाजनमा व्यवस्था गरेको जनाएको  छ ।यही २०७७ फाल्गुन १६ गते आइतबारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो  ।

नेप्सेको अनुसार हाल नेप्सेमा २१८ कम्पनी सूचीकृत भएको छ ।यी कम्पनीलाई ११ वटा समूहमा बिभाजन गर्दै आएकोमा अब एक “लगानी” समूह थप गरि १२ वटा समूहगत परिसुचक कायम गर्दै कारोबार गर्ने जनाएको छ ।यस लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।

यसका साथै  होटल तथा पर्यटन समूहमा चन्द्रागिरी हिल्स लिमिटेड थपिएको छ र यसअघि होटल समूहमा रहेका ओरियण्टल होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल तथा पर्यटन समूह अन्तर्गत रहेर कारोबार हुने भएको छ ।





सम्बन्धित समाचार