१५ फाल्गुन २०७७, शनिबार   1253 पटक हेरिएको


image

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आईपीओ) को नतिजा सार्वजनिक गर्न नपाउने ब्यवस्था गरेको छ ।लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै निष्कासन तथा बिक्री प्रबन्धक, सम्बन्धित कम्पनी मार्फत , सीसिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा सार्वजनिक गर्न पाउने ब्यवस्था गरिएको थियो ।

नयाँ व्यवस्था भने बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओबाट नै लागू   गरेको छ । सो कदमलाई सबै लगानी कर्ताले स्वागत त गरेका छन् । तर, अहिलेकै सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाउने काम तत्काल समाधान गर्न सकेन र लगानीकर्ताले  आज सम्म पनि नतीजा थाहा नभएको गुनासो गरेको अवस्था छ ।  यही अवस्थालाई मध्य नजर गर्दै सिडिएस एण्ड क्लियरिङले नयाँ बेबसाईट संचालनमा ल्याएको छ । सीडीएस एन्ड क्लियरिंगले अबदेखि कुनै पनि साधारण शेयरको नतीजा  हेर्न नयाँ वेब पोर्टल सञ्चालनमा ल्याएको छ। 

सिडिएस एण्ड क्लियरिङले मेरो सेयर, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीहरुको वेबसाइटमा मात्रै आईपीओ रिजल्ट हेर्न मिल्ने जानकारी गराएका थियो। तर यी तीनै निकायको वेबसाइट हिजो दिनभर अत्याधिक चाप परेकोले नचल्दा महिला लघुवित्तको नतिजा लगानीकर्ताहरुले हेर्न पाएनन्।

लगानीकर्ताहरुको अत्याधिक चापका कारण हिजो दिनभर मेरो सेयरसहित महिला लघुवित्त र आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको वेबसाइटमा आईपीओ नतिजा नचलेका कारण लगानीकर्ताहरुले हेर्न नसकेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।यही कारण अबदेखि कुनै पनि कम्पनीको आईपीओ नतिजा हेर्नका लागि https://iporesult.cdsc.com.np/ सञ्चालनमा ल्याइएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ। यो वेबसाइट सार्वजनिक निष्कासनको मात्र नतिजा राखिने र सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताहरुले एकसाथ प्रयोग गर्दासमेत सहज रुपमा सञ्चालन गर्न सकिने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएससीले दाबी गरेको छ। यो साइटमा सार्वजनिक निष्कासनको बाँडफाँड भएलगत्तै यथाशीघ्र नतिजा लगानीकर्ताहरुले हेर्न सक्ने सिडिएस एण्ड क्लियरिङले जानकारी गराएका  छन ।





सम्बन्धित समाचार