१४ फाल्गुन २०७७, शुक्रबार   6042 पटक हेरिएको


image

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड : मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ असोज २० गते नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड : मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरकाे १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत माघ ७ गते नेपाल धितो पत्र बोर्डमा निवेदन निवेदन दिएको छ । यस कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।साहस उर्जा कम्पनी लिमिटेड : साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको लागि एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी : विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल माघ १ गते सेबाेनमा निवेदन पेश गरेको हो । यस कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेड : सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले साधारण शेयर निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई र निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड: बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको छ । यस कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड:-हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबाेनमा निवेदन पेश गरेको छ । यस कम्पनीको साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम जनता क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार