१४ फाल्गुन २०७७, शुक्रबार   1493 पटक हेरिएको


image

साधारण शेयरमा लगानी गर्ने ईच्छुक लगानीकर्ताहरुको लागि ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले यस इन्सुरेन्स कम्पनीलाई ६६ करोड रुपैयाँको साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो। नियामक निकाय धितोपत्र बोर्डले साधारण शेयर निष्काशनका लागि अनुमति दिए सँगै शेयर बिक्री गर्न लागेको हो।

हाल कम्पनीको संस्थापक शेयर पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। साधारण शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७० प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्रि प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ट्रिपल बी रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको उक्त रेटिङ अनुसार कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको जनाउदछ। सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार