१४ फाल्गुन २०७७, शुक्रबार   6746 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशनमा सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट बिक्री खुल्ला गरि छिटोमा निष्काशन बन्द फागुन ५ गते बैंकिङ्ग समय सम्म आबेदन दिएका थिए । धेरैले आशा गरेको यस संस्थाको शेयरमा भाग्य र गोलाप्रथाले साथ दिए भबिश्यमा राम्रो प्रतिफल र लघु बित्त भएको कारण धेरै मूल्यमा बिक्री हुने आशाका साथ धेरै लगानी कर्ताको पर्खाईको बिषय भएको छ । यस लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन गरिएको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले आज बिहान ८ बजे सुक्रबार शेयर बाडफाड हुने जनाएको हो । कम्पनिको शेयरमा अहिले सम्मको सबै भन्दा धेरै १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो हिसाबले हेर्ने हो भने ६३ गुणा बढ़ी आबेदन परेको छ । यस लघुबित्तको साधारण शेयरमा लगानिकर्तालाई १० कित्ताले मात्र दीदा पनि जम्मा ३७,५०० जना भाग्यमानीले मात्र यो कम्पनिको शेयर प्राप्त गर्ने छन भने बाकी लगानिकर्ता को हात खाली हुने पक्का पक्की नै छ । यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नुपर्ने हुन्छ ।

समय समयमा निष्काशन हुने साधारण शेयरको नतीजा भने बिभिन्न अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् । हालैमात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो व्यवस्था गरेको हो । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने सम्बन्धित कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू गरेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ताले जानकारी दिएका छन् । नया व्यवस्था भने आज बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओबाट नै लागू हुने भएको छ । सो कदमलाई सबै लगानी कर्ताले स्वागत त गरेका छन् । तर, अहिलेकै सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाउने काम तत्काल समाधान गर्न सकेन भने/ ह्याङ हुने समस्याले गर्दा तत्काल नतिजा थाहा नपाउन सक्छन। यसको लागि हप्तौ कुर्नुपर्ने सम्भावना पनि अधिक बढेको अनुमान सजिलै लगाउन सकिन्छ ।





सम्बन्धित समाचार