१३ फाल्गुन २०७७, बिहीबार   420 पटक हेरिएको


image

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन सञ्चार माध्यमहरू तथा निजी संस्थाहरूले साधारण शेयर (आईपीओ) को नतिजा सार्वजनिक गर्न नपाउने ब्यवस्था गरेको छ ।लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै निष्कासन तथा बिक्री प्रबन्धक, सम्बन्धित कम्पनी मार्फत , सीसिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा सार्वजनिक गर्न पाउने ब्यवस्था गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

नया व्यवस्था भने भोलि बाँडफाँड हुन लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओबाट नै लागू हुने भएको छ । सो कदमलाई सबै लगानी कर्ताले स्वागत त गरेका छन् । तर, अहिलेकै सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाउने काम तत्काल समाधान गर्न सकेन भने/ ह्याङ हुने समस्याले गर्दा तत्काल नतिजा थाहा नपाउन सक्छन। यसको लागि हप्तौ कुर्नुपर्ने सम्भावना पनि अधिक बढेको अनुमान सजिलै लगाउन सकिन्छ ।





सम्बन्धित समाचार