१३ फाल्गुन २०७७, बिहीबार   235 पटक हेरिएको


image

नेपाल को राजनीतिक अस्थिर भएकै कारण र अबको केही समय पछि ब्याज दरमा हुने परिवर्तनका कारण बजारमा यस्तो अवस्था आएको हो । नेपाल स्टक एक्सचेञ्जको साताको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो ।  

नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका १२ समूहमध्ये सबै समूहको बजार घटेको अवस्था छ ।

आज शेयर बजार राताम्मे भएपनि केही कम्पनीको शेयरमूल्यमा भने बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुने तथा कमाउने कम्पनीहरुमा चन्द्रागिरी हिल्स,नेशनल हाईड्रो ,सिटीजन्स म्यूच्यूअल फण्ड  रहेका छन् भने आज गुमाउने कम्पनीहरुमा सनराईज फर्स्ट म्यूच्यूअल फण्ड ,श्री इन्भेस्टमेंट फाईनान्स ,IME जनरल ईन्सुरेन्स आदि रहेका छन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकै दिन कुल २ करोड ७६ लाख ५७ हजार ३८६.४६२४ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्। सूचीकृत बोनस सेयरमध्ये कृषि विकास बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता र मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता थपिएको हो।





सम्बन्धित समाचार