
समय समयमा निष्काशन हुने साधारण शेयरको नतीजा अबको समय पछि बिभिन्न अनलाइन सञ्चार माध्यमहरूले प्रकाशन गर्न नपाउने भएका छन् । हालैमात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो व्यवस्था गरेको हो । यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा अब भने सम्बन्धित कम्पनी , निष्कासन तथा बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मात्र नतिजा प्रकाशन गर्न पाउने व्यवस्था लागू गरेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ताले जानकारी दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यो भोलि बाँडफाँट हुने भनिएको महिला लघुवित्तको आइपीओको नतिजाबाटै लागू हुनेछ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अब साधारण शेयरको नतिजा तिन ठाउँबाट मात्रै हेर्न सकिन्छ । पहिलो सम्बन्धित कम्पनीको वेवसाइट, दोस्रो बिक्री प्रबन्धक र तेस्रो मेरो सेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न सकिने जनाएको छ ।