१२ फाल्गुन २०७७, बुधबार   564 पटक हेरिएको


image

आज बुधबार नेप्से शेयर बजार दोहोरो  अंकले बढेको छ ।आजको कारोबारमा नेप्सेको समस्याले गर्दा लगानिकर्ता केहीहद सम्म तनाब महशुस गरेका थिए।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले बढेको हो । कूल २०४ वटा कम्पनीको एक करोड़  ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, बुधबार ३ वटा कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जस मध्य आइएमइ जनरल ईन्सुरेन्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेड सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने आज गुमाउनेमा निफ्रा ,अरुण भ्याली हाईड्रो ,आरम्भ चौतारी लघु बित्त आदि कम्पनीहरु रहेको छ ।





सम्बन्धित समाचार