११ फाल्गुन २०७७, मंगलवार   7375 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशनमा सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट बिक्री खुल्ला गरि छिटोमा निष्काशन बन्द फागुन ५ गते बैंकिङ्ग समय सम्म आबेदन दिएका थिए । धेरैले आशा गरेको यस संस्थाको शेयरमा भाग्य र गोलाप्रथाले साथ दिए भबिश्यमा राम्रो प्रतिफल र लघु बित्त भएको कारण धेरै मूल्यमा बिक्री हुने आशाका साथ धेरैको पर्खाईको बिषय भएको छ । यस लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन गरिएको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

यस लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड सुक्रबार हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही साताको शुक्रबार सम्ममा शेयर बाँडफाँड हुने सम्भावना रहेको जनाएको हो । धितोपत्र बोर्डमा भने रिपोर्ट प्राप्त नभैसकेको / नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।
यस कम्पनिको निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस कम्पनिको शेयरमा अहिले सम्मको सबै भन्दा धेरै १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो हिसाबले हेर्ने हो भने ६३ गुणा बढ़ी आबेदन परेको छ । यस लघुबित्तको साधारण शेयरमा लगानिकर्तालाई १० कित्ताले मात्र दीदा पनि जम्मा ३७,५०० जना भाग्यमानीले मात्र यो कम्पनिको शेयर प्राप्त गर्ने छन भने बाकी लगानिकर्ता को हात खाली हुने पक्का पक्की नै छ । यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नुपर्ने हुन्छ ।





सम्बन्धित समाचार