११ फाल्गुन २०७७, मंगलवार   1298 पटक हेरिएको


image

नयाँ बिमा तथा बैंक कम्पनी स्थापना हुदै गर्दा ‘काठमाण्डौ रि’ नाम राखी पूर्व बैंकर तथा बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको समूहले नयाँ पुनर्बीमा कम्पनी संचालन गर्ने भएको छ । काठमाण्डौ रिइन्स्योरेन्स कम्पनी’को नामबाट नयाँ पुनर्बीमा कम्पनी संचालनको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीको अधिकृत पूँजी रु. २० अर्ब प्रस्ताव गरिएको छ भने जारी पूँजी रु. १० अर्ब हुनेछ ।  तत्काल ७ अर्ब रुपैयाँ पूँजी जुटाइनेछ । यो कम्पनीको छोटकरीको नाम ‘काठमाण्डौ रि’ हुने प्रस्ताव गरिएको छ । 

संस्थापकहरुले ७०% लगानी गर्नेछन् । जसमध्ये ४०% संस्थागत र ३०% लगानी व्यक्तिगत संस्थापकहरुको रहनेछ । ७ अर्ब संस्थापकबाट जुटाइएको छ र कम्पनी संचालनपछि रु. ३ अर्ब बराबरको साधारण शेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाइएको छ । 

यस कम्पनीको ७०% शेयर लगानी संस्थापकमध्ये २०% सम्म विदेशी साझेदार बीमा वा पुनर्बीमा कम्पनीलाई दिने गरी योजनाका साथ कार्य  समेत भइसकेको एक कम्पनी संस्थापक लगानीकर्ताले बताएका छन् । 





सम्बन्धित समाचार