११ फाल्गुन २०७७, मंगलवार   1216 पटक हेरिएको


image

प्राईम कमर्सियल बैंक लिमिटेडले यही २०७७ फागुन १९ गतेबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ % अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ । यस बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ % ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यस बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।यस ऋणपत्रमा लगानीकर्ताले  न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।यही मिति २०७७ फागुन १९ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार