
कञ्चनपुर । सोमवार आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। डिभिजन वन कार्यालय महेन्द्रनगरले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न नसकिने जनाएपछि उक्त औद्योगिक क्षेत्रको काम अलपत्र परेको थियो।
उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आएको छ । वेदकोट–२, झरना खेल मैदानमा हुने कार्यक्रमका लागि आर्थिक वर्षमा वन मन्त्रालयबाट ईआइए स्वीकृति भएर काम सुरु हुन लागेको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिए। सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेको मन्त्री लेखराज भट्टले दिएका छन्। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो।