९ फाल्गुन २०७७, आईतवार   907 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशनमा सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट बिक्री खुल्ला गरि छिटोमा निष्काशन बन्द फागुन ५ गते बैंकिङ्ग समय सम्म आबेदन दिएका थिए । धेरैले आशा गरेको यस कम्पनीको शेयरमा भाग्य र गोलाप्रथाले साथ दिए भबिश्यमा राम्रो प्रतिफल र लघु बित्त भएको कारण धेरै मूल्यमा बिक्री हुने आशाका साथ धेरैको पर्खाईको बिषय भएको छ ।

यस लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन गरिएको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो । यस लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड यही साताको अन्त्यतिर हुने भएको छ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही साताको शुक्रबार वा शनिबार सम्ममा शेयर बाँडफाँड हुने सम्भावना रहेको जनाएको हो ।

यस कम्पनिको निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस कम्पनिको शेयरमा अहिले सम्मको सबै भन्दा धेरै आबेदन परेको छ ।यस कम्पनिको साधारण शेयरमा १५,१९,१२८ आबेदन परेको छ ।यो हिसाबले हेर्ने हो भने ६३ गुणा बढ़ी आबेदन परेको छ । यस लघुबित्तको साधारण शेयरमा लगानिकर्तालाई १० कित्ताले मात्र दीदा पनि जम्मा ३७,५०० जना भाग्यमानीले मात्र यो कम्पनिको शेयर प्राप्त गर्ने छन भने बाकी लगानिकर्ता को हात खाली हुने पक्का पक्की नै छ । यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नुपर्ने हुन्छ ।





सम्बन्धित समाचार