६ फाल्गुन २०७७, बिहीबार   396 पटक हेरिएको


image

ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले  २०७७ माघ २३ गतेबाट २७ गते सम्म साधारण सेयर बिक्री गरेको थियो । यस कम्पनीको मंगलबार  प्रि-अलटमेन्ट सम्पन्न भएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको थियो ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले भोली शुक्रबार बिहान ९ बजे बाँडफाँड हुने जनाएको छ। यस कम्पनिको साधारण शेयरमा कुल आबेदक मध्य ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र १० कित्ताको दरले प्राप्त गर्ने छन यस कम्पनीको शेयर प्राप्त गर्न भाग्य र गोलाप्रथामा भर पर्ने र बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली पक्का पक्की नै छ ।





सम्बन्धित समाचार