६ फाल्गुन २०७७, बिहीबार   6352 पटक हेरिएको


image

रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ बाट साधारण शेयर (IPO) निष्कासन गर्ने भएको छ ।यस हाईड्रो कम्पनी रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधरण शेयर  निष्कासन गर्ने लागेको हो । यो साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । यस हाईड्रो कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धक क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन । यस हाईड्रोको शेयरमा आबेदन २०७७ फागुन २१ गतेसम्म र ढिलामा चैत ८ गते बैंकिङ समय सम्म हुने एनएमबि क्यापिटलले जनाएको छ ।





सम्बन्धित समाचार