५ फाल्गुन २०७७, बुधबार   443 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशनमा सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट बिक्री खुल्ला गरि छिटोमा निष्काशन बन्द फागुन ४ गते बैंकिङ्ग समय सम्म आबेदन दिएका थिए  ।

यस लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन गरिएको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्ने थिए । यस कम्पनिको निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस कम्पनिको शेयरमा अहिले सम्मको सबै भन्दा धेरै आबेदन परेको छ ।यस कम्पनिको साधारण शेयरमा १५,१९,१२८ आबेदन परेको छ ।यो हिसाबले हेर्ने हो भने   ६३ गुणा बढ़ी आबेदन परेको छ । यस लघुबित्तको साधारण शेयरमा लगानिकर्तालाई  १० कित्ताले मात्र दीदा पनि जम्मा ३७,५०० जना भाग्यमानीले मात्र यो कम्पनिको शेयर प्राप्त गर्ने छन भने बाकी लगानिकर्ता को हात खाली हुने पक्का पक्की नै छ । यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नुपर्ने हुन्छ ।





सम्बन्धित समाचार