५ फाल्गुन २०७७, बुधबार   481 पटक हेरिएको


image

दिनहु जसो नयाँ नयाँ कृतिमानीका साथ नेप्से परिसुचक बढेको बेला आज बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ मा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढेर ४७५ मा पुगेको छ । २०३ वटा कम्पनीको एक करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, बढेको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेको इन्सुरेन्स कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड र नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

त्यसैगरि बढ़ी कमाउनेमा  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कर्पोरेट डेभलप्मेंट बैंक ,हिमालय उर्जा बिकास कम्पनी आदिले रहेका छन भने गुमाउने कम्पनीमा सनराईज म्यूच्यूअल फण्ड,इन्फिनिटी लघु बित्त ,बरुण हाईड्रो आदी रहेका छन ।





सम्बन्धित समाचार