४ फाल्गुन २०७७, मंगलवार   1909 पटक हेरिएको


image

बिदेशमा रहेका वा बसोबास गर्ने गैरआवासीय नेपाली संघ (NRN)को अग्रसरतामा नेपालको पूर्वाधार क्षेत्र (बाटो,पुल,संचार,बिधुत,)आदिमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैर-आवासीय नेपाली संघ (NRN)ले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।

गैर-आवासीय नेपाली संघको  कोषमा नेपाल सरकारको तर्फबाट ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ । नेपाल सरकार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउनु भएको जानकारी प्राप्त भएको छ । कम्पनीको सम्पूर्ण कार्य अघि बढाउन गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

गैरआवासीय नेपाली संघ(NRN)का अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृयामा रहेको बताउँदै छिट्टै दर्ता भई काम सुरु हुने बताए । पन्तका अनुसार कम्पनीमा गैर-आवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । विदेशमा रहेका नेपालीका लागि साढे आठ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने योजना छ ।गैर-आवासीय नेपालीहरुले लगानीका लागि साधारण शेयर जारी हुनेछ ।





सम्बन्धित समाचार