३ फाल्गुन २०७७, सोमबार   641 पटक हेरिएको


image

आज  सोमवार शेयर बजार परिसूचक नेप्से उकालो लागेर ९२.४२ अङ्कले बढेर २५८६.०१ अङ्कमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कुनै पनि नीतिमा परिवर्तन नगरेपछि लगानीकर्ता उत्साहित भएका हुन् ।सुरुवाती समय देखि नै आक्रामक रुपमा कारोबार बढेकोले यति धेरै अंक बढेको हो ।

सोमवार बैंकिङ समूहको शेयर ५७ अङ्कले, व्यापार समूहको ७१ अङ्कले, होटलको २४ अङ्कले, जलविद्युतको ६४, फाइनान्सको ३४, निर्जीवन बीमाको चार सय ४७, उत्पादनको एक सय ५९, अन्यको ६२, माइक्रोफाइनान्सको तीन सय ८० र जीवन बीमा कम्पनीको शेयर ६ सय ९७ अङ्कले बढेको छ । 

आज सोमवार दुई सय पाँच कम्पनीका दुई करोड २४ लाख ४७ हजार कित्ता शेयरमा  १० १० अर्ब ३८ करोड़ ४१ लाख ९७ हजार ६ सय ६९ रुपैया बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँभन्दा धेरेको शेयर कारोबार भएको छ ।  सोमवार ११ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।





सम्बन्धित समाचार