३ फाल्गुन २०७७, सोमबार   406 पटक हेरिएको


image

ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयरको बाँडफाँड यही साता हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार भोली प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधन तथा रुजू गर्नेको काम भईरहेको जानकारी दिएको छ ।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि माघ २७ गते प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार चार सय गरी कुल ३४ लाख ९६ हजार चार कित्ता शेयरका लागि आईपीओ जारी गरेको थियो । त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ,बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले भोलि मङ्गलबार प्रि-अलोटमेन्ट गर्ने तयारी गरेको छ





सम्बन्धित समाचार