२ फाल्गुन २०७७, आईतवार   213 पटक हेरिएको


image

छोरा कृष्णप्रसाद अधिकारीको ह’त्यामा संलग्न दोषीउपर कारवाहीको माग राखी लामो समयदेखि अनसनरत गङ्गामाया अधिकारीको जीवन रक्षा तथा बैतडीमा ब’लात्कारपछि ह’त्या गरिएकी भागरथी भट्टको अनुसन्धान सम्बन्धमा आयोगले आज नेपाल सरकारका गृह सचिव, कानून सचिव तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षकसँग छलफल गरेको छ ।

अनसनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन हुँदा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ । साथै, बैतडीकी भागरथी भट्टको ह’त्या सम्बन्धी घटनामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न एवम् सम्बन्धित पक्षको सुरक्षामा ध्यान दिन आयोगले यसअघि नै नेपाल सरकारलाई आग्रह गरेको स्मरण गर्दै घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरी महानिरीक्षकको ध्यानाकर्षण गराएको छ ।

आज भएको छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनसनरत गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न आवश्यक भएकोले सरकारबाट सार्थक र प्रभावकारी पहल गर्न तथा भागरथी भट्टको ह’त्या सम्बन्धमा अविलम्ब सूक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन नेपाल सरकारका गृह सचिव तथा प्रहरी महानिरिक्षकलाई निर्देशन दिनुभएको छ ।

छलफलका क्रममा नेपाल सरकारका कानुन सचिव ऋषिराज भण्डारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्रहरी महानिरीक्षक शैलेश थापाले गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले सरकारका तर्फबाट आवश्यक पहल भैरहेको तथा भागरथी भट्टको अनुसन्धान प्रक्रिया सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताउँदै आयोगबाट प्राप्त निर्देशन र सुझावबमोजिम आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छलफलमा आयोगका सदस्यहरु डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, आयोगका सचिव वेद भट्टराई तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।





सम्बन्धित समाचार