२ फाल्गुन २०७७, आईतवार   717 पटक हेरिएको


image

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस ईन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा  काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.ब. २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

सभामा आ.ब. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तथा धितोपत्र दर्ता गरी आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार