१ फाल्गुन २०७७, शनिबार   596 पटक हेरिएको


image

ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले  २०७७ माघ २३ गतेबाट २७ गते सम्म  साधारण सेयर बिक्री गरेको थियो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको थियो ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।सबै कार्य समय मै पूरा भए आगामी बुधबार सम्म शेयर बाँडफाँड गर्ने गरी तयारी भइरहेको क्यापिटलले जनाएको छ । यस कम्पनिको साधारण शेयरमा कुल आबेदक मध्य ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र १० कित्ताको दरले प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार