३० माघ २०७७, शुक्रबार   1581 पटक हेरिएको


image

क्षितिजपारि रहेर पनि काठमाडौँको शेयर खेलाडीलाई टक्कर दिने एक जना शेयर लगानीकर्ता हुनुहुन्छ दिपक कार्की। पछिल्लो समय बुल मार्केटमा क्षितिजपारिका खेलाडी नामले चर्चित हेटौडाका सेयर लगानीकर्ता दिपक कार्की मालामाल बनेका छन्। उहाले लगानी गरेको कम्पनिको शेयरको मूल्य पछिल्लो समय उचाईमा पुगेको छ, अहिले बेच्दा पनि १०० देखि २०० प्रतिसत भन्दा बढी नाफा हुने कार्की बताउनु हुन्छ। उनले घाटामा शेयर बेच्न कहिलै जानेनन र यो बुलमा झनै सक्रिय रहिरहे। पेशाले कार्की शिक्षक हुनुहुन्छ। बिहानको समय कलेजतिर माग अनि आपूर्ति कै बारेमा ११,१२ का बिद्यार्थीलाई पढाउनमै ब्यस्त भए पनि दिउसोको समय शेयर बाजार केन्द्रित नै हुने उहा बताउनु हुन्छ ।

उनले खरिद गरेका कम्पनि नेपाल लाइफले उहाको जिबन पद्दत्ति नै बदलिदिएको उहा आफै बताउनु हुन्छ। केहि महिनाअघि मात्र १३०० मा लिएको शेयर अहिले प्रति शेयर २३०० मा खरिद/ बिक्रि भएको छ। त्यसमा उहाको ३१% बोनस सुरछित भैसकेको उहा बताउनु हुन्छ। खै किन किन मलाई अरु कम्पनितिर आखा नै गएन बजारमा व्हिप यसैमा भएको र समग्र बित्तिय अवस्था अत्यन्तै राम्रो रहेको, कार्की बताउछन। आनन्द लाग्ने नाफा दिएको छ, त्यसो त पछिल्लो समय प्रायजसो बढी कारोबार गर्यो, त्यस्तै बित्तिय अबस्था अत्यन्तै लोभलाग्दो प्रकासित गर्यो । कार्कीले तिन बैंकका शेयरमा पनि पैसा लगाएका छन्। जसमा कुमारी बैंक, नबिल बैंक, नेपाल अनि एनआइसी एसिया बैंक रहेको छ। पुनर्बिमा कम्पनिमा पनि उहाको लगानी गज्जबकै रहेको रहेछ। अहिले उनको घरमा नया लगानीकर्ता शेयर बजार सम्बन्धि केहि न केहि जिज्ञासा हुनेहरु कार्कीलाई भेट्न तल्लिन छन् । दिनहु जसो ४ ,५ जना नया/नया लगानीकर्ता । बिहानको १० बजे पछि दिनहु उहाकै पर्खाइमा हुन्छन,भन्नुहुन्छ उहाको नजिको एक छिमेकी।

कम्पनि छनोट/बिक्रि/खरिद कस्तो छ नि ? भन्ने प्रश्नमा उहा भन्नुहुन्छ – प्राथमिक शेयर निस्कासन गरेको प्राय कम्पनीमा आफ्नो परिवारको सदस्यको कुनैमा पनि छुटाउदिन र अरुलाई पनि नछुटाउनु । दोस्रो बजार भन्दा प्राथमिक बजारको शेयरमा लगानी गर्दा एकदम थोरै जोखिम रहेकोले पनि लगानी कर्ता यस पट्टि आकर्सित हुनु स्वभाबिक रहेको उहा बताउनुहुन्छ। यो पहिलो खुट्किलो पछि मात्र दोसो बजारमा प्रवेश गर्न पनि सुझाब गर्नुहुन्छ। समग्र बित्तिय अवस्था, अध्ययन गरेर, बुझेर, लगानी गर्दा खालि हात नहुने भन्नुहुन्छ।

प्राथमिक साधारण शेयरमा मात्र उहाको लगानीको पोर्टफोलियो अहिले हिसाब गर्दा ४० लाख जति पुगेको रहेछ। प्राथमिक साधारण शेयरमा उहाको लगानी करिब ५० हजार जति मात्र रहेको त्यस्तै, प्राथमिक साधारण शेयरमा लगानी गरेको कम्पनि मात्र ४५ भन्दा बढी रहेको स्वयम कार्की बताउछन।





सम्बन्धित समाचार