२९ माघ २०७७, बिहीबार   1044 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर निष्काशन सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट निष्काशन गर्ने भएको छ । लघुबित्तको साधारण शेयर छिटोमा निष्काशन बन्द फागुन ४ गते बैंकिङ्ग समय सम्म हुनेछ ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०।५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ । लघुबित्तको साधारण शेयरमा लगानिकर्ताले १० कित्ताको लागि आबेदनदिदा उत्तम हुने यसअघि जारी गरेको निफ्राको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या १४ लाख ९५ हजार पुगेको हिसाबले यस लघुबित्तमा पनि यो संख्या भन्दा बढी नै हुने अनुमान गर्न सकिन्छ। यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नुपर्ने हुन्छ ।





सम्बन्धित समाचार