२९ माघ २०७७, बिहीबार   289 पटक हेरिएको


image

अहिले शेयर बजारमा धेरै लगानीकर्ता बढेको प्रस्ट देखिन्छ। धेरै जसो लगानीकर्ता कम्पनीको साधारण शेयर खरीद गर्न ईच्छुक देखिन्छ । यसै क्रममा बजारमा धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । नयाँ नयाँ लगानीकर्ता दिनहूँ जसो बढ्दो क्रम रोकिएको छैन । अहिले सम्म हितग्राही खाता खोल्ने संख्या २५ लाख भन्दा माथि पुगेको अवस्थामा साधारण शेयर सबैको चासोको विषय बन्दै गइरहेको छ ।

यसै क्रममा हाईड्रो कम्पनीको बजारमा साहस उर्जाले पनि साधारण शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (SEBON)मा निवेदन दिएको छ ।यस साहस उर्जा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

यस साहस उर्जा कम्पनिको साधारण शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने छ ।यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।





सम्बन्धित समाचार