२९ माघ २०७७, बिहीबार   175 पटक हेरिएको


image

राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिको लागि आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, भारतलाई पत्राचार गरेको छ। बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया बालिका सुमि’त्रा वि.क. लाई गत माघ ८ गते नेपाल–भारत सीमानजिक कुण्डुवा, चैनपुर, चम्पारणमा सामूहिक ब’ ला त्कार’पश्चात् ह’ त्या’ गरी ज’लाइ’एको भनिएको घ’टना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको ग’म्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले विभिन्न व्यक्ति तथा प्रहरी अधिकारीसँग सम्पर्क गरी घ’टनाको सम्बन्धमा जानकारी लिएको छ । निज बालिकालाई सामूहिक ब’लात्का’र पश्चात् ह’त्या गरी ज’लाइ’एको भन्ने जानकारी आयोगलाई प्राप्त भएको हुँदा राष्ट्रिय मानव अधिकार आयोग, नेपालले यस किसिमको त्रूर र अमानवीय घ’टनाको निष्पक्ष छानविन गरी दो’षीलाई का’नुनको दायरामा ल्याउन, पीडित परिवारको उचित सुरक्षा व्यवस्था हुन तथा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै राष्ट्रिय मानव अधिकार आयोग, भारतलाई आज पत्राचार गरेको छ र यसअघि प्राप्त सहयोगको लागि धन्यवाद समते व्यक्त गरेको छ । साथै, उक्त घ’टनाका सम्बन्धमा पीडित परिवारको न्याय तथा सुरक्षाका लागि आवश्यक कुटनीतिक पहल गर्न पनि आयोगले नेपाल सरकारलाई ध्यानकर्सण गरेको छ।





सम्बन्धित समाचार