PalikaExpress
२९ माघ २०७७, बिहीबार
968 पटक हेरिएको

अहिले सम्मकै सबै भन्दा धेरै साधारण शेयर निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको धितोपत्र कारोबार नेप्सेमा आइतबार देखि हुने भएको छ। नेपाल इन्फ्रास्टक्चर बैंक र नेपाल स्टक एक्सचेन्ज बीच आज नै सम्झौता भइ आगामी आइतबार देखि कारोबार हुने भएको छ।
नेपाल इन्फ्रास्टक्चर बैंकको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्नेछ। नेप्सेले निफ्रालाई पनि अन्य (अदर्स) उपसमूहमा समावेश गर्ने बताइएको छ। बैंकले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।