२८ माघ २०७७, बुधबार   429 पटक हेरिएको


image

नेपाल आयल निगमको मंगलबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य १४०० सय कायम भएको निगमले जनाएको छ । त्यस्तै सोहि बैठकले डिजेल, पेट्रोल र मटीतेलकाे भाउ बढाएकाे छ । मंगलबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेकाे हाे । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएकाे छ भने खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए ।


बढेको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलकाे प्रतिलिटर मूल्य ११२, डिजेल तथा मटीतेलकाे ९५ र खाना पकाउने ग्यासकाे प्रतिसिलिन्डर मूल्य १४०० सय कायम भएको निगमले जनाएको छ ।





सम्बन्धित समाचार