२८ माघ २०७७, बुधबार   1467 पटक हेरिएको


image

रुरु जलविद्युत परियोजना लिमिटेडले यही २०७७ फागुन ७ गते देखि साधारण शेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको आयोजनाको शेयर बिक्री प्रबन्धकले जनाएको छ।

हाइड्रोपावर कम्पनीले एनएमबि क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।यस कम्पनीको साधारण शेयरको रेटिङ्गमा रेटिङ्ग एजेन्सी इक्रा नेपाल कम्पनीलाई इक्राएनपी– आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित जनाउँछ।





सम्बन्धित समाचार