२७ माघ २०७७, मंगलवार   235 पटक हेरिएको


image

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज धितोपत्र कारोबार समय थप गरेको छ।एक्कासी आज दिउसो मध्याह्नतिर धितोपत्र कारोबार ३५ मिनेट अवरुद्ध बन्न पुगेको थियो। ब्रोकर ट्रेडिङ सिस्टममा आएको प्राविधिक समस्याका कारण आज कारोबार समय ३५ मिनेटका लागि थपिएको नेप्सेले जनाएको छ।

ब्रोकर ट्रेडिङ सिस्टममा आएको समस्या नेप्सेले दिउँसो २ बजेतिर समाधान गरी सुचारु गरेको थियो। आज धितोपत्र कारोबार दिउँसो ३ बजेर ३५ मिनेटसम्म हुने नेप्सेले जनाएको छ। यो समाचार तयार पार्दा सम्म दोहोरो अंकको गिरावट आएको छ। नेप्से करिब ३० अंकले घटेर २५३२ बिन्दुमा आइपुगेको छ।





सम्बन्धित समाचार