PalikaExpress
२७ माघ २०७७, मंगलवार
379 पटक हेरिएको

सरकारको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने र त्यस अन्तर्गतका जिल्ला विभाजन गरेको हो।
सरकारले पहिलो चरणमा वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १, बागमती र कर्णाली प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो। तर, त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ। निर्वाचन आयोगले भने निर्वाचनको तयारी अगाडि बढेको बताउने गरेको छ।