२६ माघ २०७७, सोमबार   7900 पटक हेरिएको


image

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) निष्काशन सर्वसाधारणलाई माघ ३० गते शुक्रबारबाट निष्काशन गर्ने भएको छ ।यस लघु बित्त को साधारण शेयर छिटोमा  निष्काशन बन्द फागुन ४ गते बैंकिङ्ग समय सम्म रहने छ ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०।५ प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।यस लघु बित्तको साधारण शेयरमा लगानिकर्ताले १० कित्ताको लागि आबेदन दिंदा राम्रो हुन्छ , किन भने यस अघि जारी गरेको निफ्राको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या १४ लाख ९५ हजार पुगेको थियो यो हिसाबले पनि यस लघु बित्तमा पनि यो संख्या भन्दा बढी नै हुने अनुमान गर्न सकिन्छ  र यस कम्पनीको शेयर प्राप्त गर्न गोलाप्रथा र भाग्यमा नै भर पर्नु पर्ने हुन्छ ।





सम्बन्धित समाचार