२६ माघ २०७७, सोमबार   253 पटक हेरिएको


image

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD)ले आफ्नो ८ औ वार्षिक साधारणसभा बोलाएको छ।यस लघु बित्त संस्थाको मिति २०७७  माघ २५ गते  आइतबार बसेको सञ्चालक समितिको १०१ औ बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २१ गते शुक्रबार गर्ने निर्णय गरेको हो।

कम्पनीको सभाले संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५८% लाभांश अनुमोदन गर्नेछ। जसमा २५% ले हुन आउने बोनस सेयर र बाँकी ६.५८% नगद लाभांश रहेका छन्।

सभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो २०७७  फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन र लाभांश पाउन योग्य हुन फागुन ४ गतेसम्म यो संस्थाको सेयरधनी कायम भइसक्नुपर्नेछ। 





सम्बन्धित समाचार