२६ माघ २०७७, सोमबार   950 पटक हेरिएको


image

अहिले सम्मकै सबै भन्दा धेरै साधारण शेयर  निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA) को धितोपत्र कारोबार नेप्सेमा आगामी सातादेखि हुने भएको छ। नेपाल इन्फ्रास्टक्चर बैंक र नेपाल स्टक एक्सचेन्ज बीच यही हप्ता  सम्झौता भई आगामी हप्ता देखि कारोबार हुने सम्भावना रहेको छ।

यदि यही हप्ता सम्ममा सूचीकरण संबन्धिन सम्झौता कार्य सम्पन्न भएमा आगामी साता आइतबारबाट भने यस बैंकको दोस्रो बजारमा सेयर कारोबार हुनेछ।नेपाल इन्फ्रास्टक्चर बैंक (NIFRA)को पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्नेछ।

यस बैंकले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।





सम्बन्धित समाचार