२६ माघ २०७७, सोमबार   318 पटक हेरिएको


image

ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडको २०७७ माघ २३ गतेबाट साधारण सेयर धमाधम बिक्री खुल्ला  गरेको  छ ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ  ।  उक्त आइपिओमा लगानीकर्ताहरुले भोलि २०७७ माघ २७ गते, मंगलबार अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ४.४१ गुणा बढी आवेदन हो । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार