PalikaExpress
२६ माघ २०७७, सोमबार
1098 पटक हेरिएको

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL)ले गत आर्थिक वर्षको आर्थिक मुनाफाबाट आफ्ना शेयर लगानिकर्ताहरुका लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी मिति २०७७ माघ २५ आइतबार बसेको सञ्चालक समितिको २१३ औ बैठकले हाल कायम चुक्तापुँजीको ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको गरेको छ । प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नियामक निकायबाट स्वीकृति प्राप्त भएपछी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ।