२५ माघ २०७७, आईतवार   223 पटक हेरिएको


image

सिटिजन लाईफ इन्सुरेन्स (CLICL)ले चालु आ.व. को दोस्रो त्रैमासिकमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.८१% ले खुद नाफा वृद्धि गरेको हो ।गत वर्ष यसले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ७३.२९% ले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १२ करोड १७ लाख रुपैयाँ, बीमालेख धितोमा लगानी २० करोड ११ लाख कर्जा लगानी गरी ५६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्त पुँजी पुर्याउने तयारी गरिरहेको छ ।सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।

आइपीओ ल्याउने प्रस्ताव साधारण सभाबाट पनि अनुमोदन भइसकेको छ । पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि १२९.७०% ले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी-आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। यस्तै, कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ।





सम्बन्धित समाचार