
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्वद्ध विद्यालयले नै सञ्चालन गर्न सम्बंधित सबैलाई जानकारी गराएको छ । परीक्षा बोर्डका अध्यक्षले बोर्डले अन्तिम परीक्षा सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको जानकारी दिनु भयो । अब पठापाठन आन्तरिक परीक्षा,अन्तिम परीक्षा र नतिजा प्रकाशन समेत जिम्मेवारी विद्यालयलाई आएको छ । बोर्डका अध्यक्षले भन्नुभयो नेपाल सरकारले कार्यविधि परीवर्तन गर्ने बाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्देन।
अब कक्षा ११ को परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण कार्यविधि मार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । गत वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी भएका विद्यार्थीमध्ये चार लाखभन्दा बढीलाई कक्षा ११ मा अध्ययन गर्ने बाटो खुलेको थियो ।
बोर्डले परीक्षा सञ्चालन नगर्ने निर्णयसँगै अब विद्यालयमाथि गहन जिम्मेवारी थपिएको छ । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रमसमेत कार्यन्वयन गरिएकाले यसको प्रभाव तथा गुणस्तर के हुन्छ भन्नेमा विद्यालय चनाखो भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।कक्षा १२ को परीक्षा भने बोर्डले नै राष्ट्रिय स्तरमा सञ्चालन गर्ने छ । कक्षा ११ उत्तीर्ण भएको आधारमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाइएको छ ।