२३ माघ २०७७, शुक्रबार   333 पटक हेरिएको


image

अहिले साधारण शेयर जारी गर्ने होडमा अर्को हाईड्रो कम्पनिले जारी गर्ने लागेको छ। रुरु जलविद्युत परियोजना लिमिटेडले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यस हाईड्रो कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (SEBON)बाट आइपीओ निष्काशन अनुमति २०७७ माघ २१ गते प्रदान गरेको हो ।

यस कम्पनीले ८१५,४११ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोश्रो चरणमा १०५ अर्थात् ४०७,७०६ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गर्न अनुमति माग गरको छ । कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशनको गर्न लागेको हो ।निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।





सम्बन्धित समाचार