२३ माघ २०७७, शुक्रबार   193 पटक हेरिएको


image

यस महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ निष्काशन मिति परिवर्तन भएको छ । यस अघि २०७७ माघ २८ गते देखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भनिएकोमा अब माघ ३० गते शुक्रबारबाट निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन बन्द फागुन ४ गते बैंकिङ्ग समय पश्चात हुनेछ ।

लघुवित्तले ४००,००० कित्ता सेयर रु १०० रुपैयाको दरले सर्वसाधारणलाई निष्काशन निष्काशन गरिएको छ । जसमध्ये ०।५प्रतिशत अर्थात् ५००० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् २०,००० कित्ता सामुहिक लगानी कोषलाई र बाँकी रहेको ३,७५,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

यस लघु बित्त संस्थाले एक सूचना प्रकाशन गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै मिति परिवर्तन गर्न अनुरोध गरेको हुनाले मिति परिवर्तन भएको गरेको छ ।इच्छुक आवेदकले मेरो सेयर र सिआश्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु मार्फत न्युनतम १० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धको रुपमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।हाल यस कम्पनीको चुक्तापुँजी ६ करोड रहेको छ । आइपीओ निष्काशन पछि चुक्तापुँजी १० करोड पुग्नेछ ।





सम्बन्धित समाचार