२१ माघ २०७७, बुधबार   334 पटक हेरिएको


image

मानव अधिकारको संरक्षण, सम्वद्र्धन र कार्यान्वयमा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता
राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष श्री तप बहादुर मगर तथा सदस्यहरू डा. सूर्य ढुङ्गेल, श्री मिहिर ठाकुर, श्री मनोज दुवाडी र श्री लिली थापाले आज आयोगमा पदभार ग्रहण गर्नुभएको छ ।
यसअघि आयोगका अध्यक्षले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा सम्माननीय प्रधानन्यायधीश श्री चोलेन्द्रशमशेर राणा समक्ष तथा सदस्यहरूले आयोगका अध्यक्ष समक्ष राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच सपथ ग्रहण गर्नुभएको थियो । संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उहाँहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो ।
आयोगमा आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरुले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आजै बसेको नवनियुक्त पदाधिकारीहरूको पहिलो वैठकले पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद् तथा नियुक्तिका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।





सम्बन्धित समाचार