
भर्खर शेयर बजार छिर्नेको लागी साधारण शेयर(आईपिओ) सुरुवाती लगानी गर्ने सुबर्ण अवसर हुनेछ । यसै बेला ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघको २३ गते देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्नेछ । यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न लागिएको हो ।
यस हाईड्रो कम्पनीको साधारण शेयरमा बीओके क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ । यस कम्पनीको शेयरमा पनि अध्याधिक आबेदन पर्ने देखिन्छ ,किन भने भर्खरै बिक्री खुल्ला भएको निफ्राको शेयरमा गरिएको लगानीको आबेदनबाट पनि थाहा हुन्छ की यस कम्पनीको शेयर न्यूनतम १० कित्ताको लागि आबेदन दिनु उपयुक्त देखिन्छ ।