१९ माघ २०७७, सोमबार   473 पटक हेरिएको


image

काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन।


बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । स्कुलले नतीजा पठाउदा लापरबाही भएको कारणले पनि नतीजा प्रकाशित गर्न ढीला भएको जानकारी प्राप्त भएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को नतिजा पुस १५ गते भित्र प्रकाशन गर्ने भनिएकोमा अधिकांश विद्यालयहरुले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा केही ढिलासुस्ती हुन गएको थियो । विद्यार्थीहरुको सिम्बोल नम्बर सिरियली नभएकोले गर्दा कम्प्यूटरमा ईन्ट्रि गर्न नसकेका कारण माघको पहिलो सातामा पनि नतिजा प्रकाशन हुन सकेन ।





सम्बन्धित समाचार